विदेशीले नेपालमा खर्च गरे ५६ अर्ब, नेपालीको विदेश भ्रमण खर्च ५० अर्बभन्दा माथि

 जेठ ५, २०७७ सोमबार १९:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेशीले नेपालमा गर्ने खर्च बढेको छ । कोरोना भाइरसकाे कारण माघको अन्तिमदेखि पर्यटक आवागमनमा कमी आएपनि नौ महिनासम्मको तथ्याङ्कले पर्यटकमार्फत हुने खर्च बढेको देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण आय नौ महिनामा शून्य ६ प्रतिशतले बढेर ५५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो नौ महिनामा यस्तो आय ५५ अर्ब ४३ करोड रहेको थियो । यस्तै सेवा खाता अन्तर्गत भ्रमण व्यय २६ दशमलव ४ प्रतिशतले घटेको छ ।

नौ महिनामा नेपालीले ५० अर्ब २२ करोड रुपैयाँ विदेश भ्रमणमा खर्च गरेका छन् । यसमध्ये शिक्षातर्फको खर्च २४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको नौ महिनामा नेपालीले विदेशमा भ्रमण गर्दा ६८ अर्ब २६ करोड खर्च गरेका थिए । यसमध्ये शिक्षातर्फको खर्च ३५ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया