मिका सिंहको अपार्टमेन्टमा चोरी

 साउन १५, २०७५ मंगलबार १६:२२:४७ | एजेन्सी
unn.prixa.net

बलिउडका सेलिब्रेटी गायक मिका सिंहको अपार्टमेन्टमा चोरी भएको छ । मुम्बईमा रहेको उनको घरबाट नगद र लाखौँका गहना चोरी भएको छ । 

घटनाको मुम्बई प्रहरीले छानविन सुरु गरिसकेको छ ।  मिकाको घरमा रहेका सीसीटीभी फुटेजको जाँच भएको छ । सीसीटीभी फुटेजमा देखिएको दृश्य अनुसार चोरी सोमबार साँझ करिब ३ देखि ४ बजेको बचीमा भएको हो । चोरीको शंका २७ वर्षीय अंकित वासनमाथि गरिएको छ । अंकित मीका सिंहको मीका लाइभ शो कार्यक्रम व्यवस्थापनको काग गर्थे । उनी१० वर्ष देखि मिका सिंहको साथमा बस्दै आएका थिए । 

प्रहरीका अनुसार चोरीको घटना घटिसकेपछि अंकित गायब छन् । प्रहरीले फोन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कविहीन भएका छन् । अंकित बिनाकुनै रोकटोक मिकाको घरमा आउनेजाने गर्दथे । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया