मानव तस्करी अन्त्य गर्न सरकार, नागरिक समाज र निजी क्षेत्र एकै ठाउँमा

 साउन १५, २०७५ मंगलबार १६:४७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

मानव तस्करीविरुद्ध साझेदारी गर्ने घोषणापछि सरकार, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधि ।

काठमाडौं – नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रले नेपालबाट हुने मानव तस्करी विरुद्ध मिलेर काम गर्ने घोषणा गरेका छन् । 

३० जुलाई अथवा मानव तस्करी विरुद्ध विश्व दिवसको अवसर पारेर तस्करीविरुद्ध साझेदारी गरेर काम गर्ने घोषणा गरिएको हो । मानव तस्करी विरुद्ध साझेदारी गरेर अगाडि बढ्नका लागि सरकारका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहभागी हुनेछन् । 

त्यस्तै, युएसएड, हाम्रो सम्मान परियोजना, नेशनल विजनेश इनिसिएटिभ (एनबिआई), माइक्रोसफ्ट इनोभेसन सेन्टर, चौधरी ग्रुप, सुरक्षित वैदेशिक रोजगारीका लागि राष्ट्रिय सञ्जाल नेपाल (एनएनएसएम) र महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समुह नेपाल (एटविन)ले पनि मानव तस्करी अन्त्य गर्न सहकार्य गर्नेछन् । यी सरकारी, निजी तथा गैरसरकारी संस्थाले अब नेपालबाट हुने मानव तस्करी अन्त्य गर्न स्रोत साधन लगायतमा साझेदारी गर्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Rabi B.k.

    July 31, 2018, 6:37 p.m.

    सुन्नमा अति सुन्दर कामका सुरुवात त पहिल्यै पनि गरिएका छन् काम नामकाे मात्र हैन काम कामकै लागि हाेस शुभकामना साथै मेराे सहयाेग पनि रहने छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया