थप ६ करोड मानिस अति गरिबीको चपेटामा पर्ने

 जेठ ७, २०७७ बुधबार ९:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्व बैंकले कोरोना महामारीका कारण विश्वका थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताएको छ ।

विश्व बैंकका अध्यक्ष डेविड मालपासले महामारीका कारण अर्थव्यवस्थामा असर परी थप ६ करोडभन्दा धेरै मानिस गरिबीको चपेटामा पर्ने बताउनुभएको हो । विश्व बैंकले महामारीको कारण उत्पन्न हुने आर्थिक संकट कम गर्न एक सयवटा विकासशील देशका लागि एक सय ६० अर्ब डलरको सहायता दिने घोषणा पनि गरेको छ ।

यो सहायता कार्यक्रम १५ महिनासम्म चल्ने जनाइएको छ । यी एक सय देशमा विश्वको ७० प्रतिशत आवादी रहेको र धेरैजसो अफ्रिकी देश रहेको पनि विश्व बैंकले जनाएको छ ।

सहयोगले विकासशील देशहरूले गरिब र जोखिममा रहका वर्गको रक्षा, स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, निजी क्षेत्रको अवस्था कायम राख्न र आर्थिक सुधारमा  सहयोग पु¥याउने बैंकले जनाएको छ । कोरोना भाइरसको डरका कारण गरिएको लकडाउनले धेरैजसो व्यवसायहरु बन्द भएका छन् ।

व्यवसाय बन्द भएसँगै उत्पादन घट्नु तथा मानिसहरुको रोजगारी गुम्दा गरिवीको संख्या बढ्ने जनाइएको छ । कोरोनको संक्रमण अहिले बिश्वका दुइ सय १३ देशमा फैलिसकेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया