वैदेशिक रोजगारमा देखिएका समस्या अन्त्य गर्न समय लाग्छ : मन्त्री विष्ट

 साउन १५, २०७५ मंगलबार १७:२५:११ | उज्यालो सहकर्मी

विराटनगर – श्रममन्त्री गोकर्ण विष्टले दुई देशबीच सहमति नभएसम्म नेपाली युवालाई रोजगारीका लागि मलेसिया नपठाउने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न तत्कालका लागि मलेसियामा कामदार पठाउन रोक लगाएको उहाँले बताउनुभयो । 

विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बनाउनुभयो 

मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पार्नुभयो । 

उहाँले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने पनि बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया