भारतको मैदानगढीबाट १९ जना नेपाली चेलीहरुको उद्दार

 साउन १५, २०७५ मंगलबार १८:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको मैदानगढीबाट बनारस प्रहरीले दिल्ली महिला आयोगको सहयोगमा १९ जना नेपाली चेलीहरुको उद्दार गरेको छ । 

मानव ओसारपसारका माध्यमबाट चेलीहरुलाई खाडी मुलुकमा जबर्जस्ती देह व्यापारमा लगाइन्छ भन्ने उजुरीका आधारमा उनीहरुको उद्दार गरिएको हो ।

त्यसैक्रममा ६१ वटा नेपाली तथा ७ वटा भारतीय पासपोर्ट पनि बरामद गरिएको थियो । 

केहीदिन अघि प्रहरीले दिल्ली महिला आयोगकै सक्रियतामा मुनिरकाबाट १६ जना नेपाली चेलीहरुको उद्दार गरेको थियो । 

दिल्ली महिला आयोगकी प्रमुख स्वाती मलिवालका अनुसार आयोगले चलाएको अपरेशनमा चेलीहरुको उद्दार हुनुका साथै ३ जना आरोपीहरु पक्राउ परेका छन् । 

तस्बिरहरु: अमित मिश्राकाे ट्वीटरबाट

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया