प्रतिक्रान्ति राेक्न आँखा तिखो र कान ठाडो बनाउने बेला आयो : अध्यक्ष प्रचण्ड

 साउन १५, २०७५ मंगलबार १९:१९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारसामू गम्भीर चुनौती रहेको बताउनु भएको छ ।

अध्यक्ष दाहालले नागरिकसँगको सम्बन्धलाई सुदृढ नबनाए क्रान्तिका उपलब्धि गुम्न सक्ने खतरा औंल्याउँदै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सरकारमाथि चौतर्फी घेराबन्दी सुरु गर्ने काम प्रतिक्रान्तिकारीहरुले गरिरहेको दाबी गर्दै त्यसलाई प्रतिवाद गरेर जान ‘आँखा तिखो र कान ठाडो’ बनाउने बेला आएको बताउनुभयो ।

अध्यक्ष दाहालले क्रान्तिको उपलब्धि विरुद्ध प्रतिक्रान्तिकारीहरुले शक्ति परिचालन गर्ने गरेको लेनिनकालीन अतित पनि स्मरण गराउनुभयो । पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कर्मचारीहरुको उचित व्यवस्थापन गर्ने काममा ढिलाई नगर्न सरकारलाई सुझाव दिनुभयो ।

अध्यक्ष दाहालले कर्मचारीहरुलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउने आश्वासन पनि दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया