श्रमिकलाई ठगिन नदिन मलेसिया जान रोक लगाउनु परेको हाे: मन्त्री विष्ट

 साउन १५, २०७५ मंगलबार १९:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकलाई ठगिन नदिन सरकारले तत्कालका लागि मलेसिया रोजगारीमा जान रोक लगाउनु परेको स्पष्ट पार्नु भएको छ । 

मन्त्री विष्टले नेपाली कामदारलाई ठगिन नदिन मलेसिया सरकार गम्भीर भएको उल्लेख गर्दै द्विपक्षीय सहमति गरी नेपाली श्रमिकलाई मलेसिया जान खुला गर्ने योजना रहेको पनि जानकारी दिनु भयो ।

उहाँले मंगलबार विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ नेपाली कामदारलाई मलेसिया जाने व्यवस्था गर्न केही समय लाग्ने जानकारी पनि दिनुभयो ।

मन्त्री विष्टले वैदेशिक रोजगारीमा देखिएको सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि दावी गर्नु भयो ।

मन्त्री विष्टले सरकार नेपालमै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताउनु भयो ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया