काेराेना महामारीबीच चीनले रक्षा बजेट बढायाे

 जेठ ९, २०७७ शुक्रबार १५:५२:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस महामारीकाे कारण उत्पन्न भएकाे आर्थिक सङ्कटबीच चीनले आफ्नाे रक्षा बजेट बढाएकाे छ । 

सन् २०२० मा चीनले आफ्नाे रक्षा बजेट सन् २०१९ काे तुलनामा ६ दशमलव ६ प्रतिशतले बढाएकाे छ । यद्यपि गएकाे तीन दशकमा पहिलाे पटक रक्षा क्षेत्रमा चीनकाे बजेट केहीले बढेकाे छ । 

समाचार एजेन्सी राेयटर्सका अनुसार शुक्रबार सार्वजनिक गरिएकाे राष्ट्रिय बजेटमा रक्षा क्षेत्रमा खर्च गर्न १२ दशमलव ६८ खरब युआन (१७८ अर्ब डलर) छुट्याइएकाे छ ।  

शुक्रबार चीनकाे वार्षिक संसदीय बैठकमा प्रधानमन्त्री ली केचियाङ्गले महामारीकाे कारण देश 'अनिश्चितता' काे बीच फसेकाे र अर्थव्यवस्थाले नराम्राे समयकाे सामना गरिरहेकाे बताएका छन् । उनले अर्थव्यवस्थाकाे लागि सरकारी सहयाेगकाे प्रतिबद्धता गरेका छन् आउने केही समयसम्म आर्थिक विकासकाे लक्ष्यकाे बारेमा केही भन्न नसकिने बताए । 

चीनले आर्थिक विकासमा कुनै लक्ष्य नदिएकाे याे पहिलाे पटक हाे । एक वर्षअघिकाे तुलनामा सन् २०२० काे पहिलाे तीन महिनामा चीनकाे अर्थव्यवस्था ६ दशमलव ८ प्रतिशतले घटेकाे छ । 

ली केचियाङ्गले देशकाे सेनामा सुधारकाे काम जारी रहने बताएका छन् । उनले भने, 'हामी राष्ट्रिय सुरक्षा र सेनामा सुधारकाे काम जारी राख्नेछाैँ । हामी आफ्नाे बाैद्धिक र उपकरण सपाेर्ट क्षमता बढाउनेछाैँ र रक्षासँग जाेडिएका आधुनिक प्रविधि पनि अपनाउनेछाैँ ।'

काेराेना भाइरसकाे महामारीबीच दक्षिण चीन सागरमा चीन–ताइवान विवादलाई लिएर अमेरिका र चीनकाे सेना सक्रिय छन् । हङकङमा नयाँ सुरक्षा कानुन लागू गर्ने आफ्नाे काेसिसकाे विराेध हुन सक्ने चीनलाई आशङ्का छ । 

काेराेनालाई लिएर तनाव बढिरहेकाे छ  

काेराेना भाइरसकाे उत्पत्तिलाई लिएर अमेरिकाले लगातार चीनमाथि आराेप लगाउँदै आइरहेकाे छ । समाचार एजेन्सी राेयटर्सका अनुसार चीनकाे रक्षा मन्त्रालयले काेराेना भाइरस महामारीलाई लिएर अमेरिकासँग आफ्नाे सम्बन्ध तनावपूर्ण बन्दै गइरहेकाे र यसले सैन्य टकरावकाे रुप लिन सक्ने भन्दै एक रिपाेर्टमा चेतावनी दिएकाे छ । 

सिङ्गापुरकाे इन्स्टिच्युट अफ् डिफेन्स एण्ड स्ट्र्याटेजिक स्टडिजमा रिसर्च फेलाे कलिन काेहले राेयटर्ससँग भने, 'चीनलाई खतराकाे महसुस भइरहेकाे छ र ऊ तत्काल आफ्नाे सुरक्षा बढाउन चाहन्छ ।' बजेटमा सेनाकाे आधुनिकीकरणलाई लिएर कम खर्च देखाइए अरु देशलाई गलत सन्देश जाने उनले बताए । 

रक्षा क्षेत्रकाे बजेटमा चीनले सधैँ माेटाे रकमकाे आँकडा प्रस्तुत गर्दै आइरहेकाे छ । कुन क्षेत्रमा कति खर्च गर्ने भन्ने कुराकाे पूरा जानकारी बजेटमा हुँदैन । कुटनीतिज्ञ र विदेशी विशेषज्ञहरु चीनले असल आँकडालाई कम देखाउने गरेकाे मान्छन् । 

सन् २०२० काे चीनकाे रक्षा बजेट गएकाे वर्षकाे अमेरिकाकाे रक्षा बजेटमा एक चाैथाइ हाे । गएकाे वर्ष अमेरिकाकाे रक्षा बजेट ६८६ अर्ब डलर थियाे । लामाे समयदेखि चीन रक्षा क्षेत्रमा ठूलाे मात्रामा बजेट छुट्याउँदै अमेरिकाकाे बराबरी गर्न खाेजिरहेकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया