नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५ सय नाघ्याे

 जेठ ९, २०७७ शुक्रबार १६:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या पाँच सय नाघेको छ ।

अहिलेसम्म पाँच सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे विवरण अनुसार थप २० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पहिलाे पटक काेराेना सङ्क्रमण देखिएकाे छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाँकेका १४ जना, कैलालीका तीन जना तथा माेरङ, डढेलधुरा र बैतडीका एक/एक जना गरी थप २० जनामा कोरोना पुष्टि भएको हो । यसअघि आज बिहान मात्रै ३० जनामा कोरोना पुष्टि भएकोमा दिउँसो फेरि २० जना थपिएकाे उहाँले जानकारी दिनुभयो ।

यस्तै आज बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना निको भएपछि घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको सङ्ख्या ७० जना पुगेको छ । अहिलेसम्म नेपालको ४० जिल्लामा कोरोना सङ्क्रमणका बिरामी भेटिएका छन् ।

नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमणबाट तीन जनाकाे ज्यान गएकाे छ ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया