'अशक्त, अपाङ्गता भएका र एकल महिलाकाे भत्ता राेकिनु अमानवीय कार्य हाे'

 जेठ ९, २०७७ शुक्रबार १९:२२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले अपाङ्गता भएका तथा ६० वर्षमुनिका एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्काल वितरण नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । 

कांग्रेसका मुख्य सचेतक वालकृष्ण खाँणले आज विज्ञप्ति निकालेर कोरोना महामारीले प्रताडित भइरहेको विषम परिस्थितिमा अति अशक्त, अपाङ्गता भएका र असहाय एकल महिलाको भत्ता रोकिनु अमानवीय कार्य रहेको भन्दै तत्काल सबै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सरकारसँग माग गर्नुभएको छ । 

विज्ञप्तिमा नेपालको संविधानमा अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकमा बञ्चित रहनु नपर्ने ग्यारेण्टी गरेकोमा सरकारले त्यस विपरीत सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेकोमा आपत्ति जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया