दक्षिण सुडानका १० क्याबिनेट मन्त्रीमा काेराेना सङ्क्रमण

 जेठ ९, २०७७ शुक्रबार १८:४३:५६ | एजेन्सी
unn.prixa.net

दक्षिण सुडानका सूचना प्रसारण मन्त्री माइकल माकुई

काठमाण्डाै – दक्षिण सुडानका १० क्याबिनेट मन्त्रीहरुमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

दक्षिण सुडानका सूचना प्रसारण मन्त्री माइकल माकुईले बीबीसँग भने, 'सङ्क्रमित भएका सबै नेता आआफ्नाे क्षेत्रमा लगातार काम गरिरहेका थिए र काेराेना भाइरस महामारीसँग लड्नका लागि बनाइएकाे उच्चस्तरीय टास्क फाेर्सका हिस्सा थिए ।'

तर माकुईले दक्षिण सुडानका राष्ट्रपति साल्वा कीर पनि उच्चस्तरीय टास्क फाेर्सकाे हिस्सा रहेकाे भन्दै उनलाई पनि काेराेना भाइरस सङ्क्रमण भएकाे खबर भ्रामक भएकाे बताएका छन् । 

दक्षिण सुडानमा पछिल्ला दिनमा काेराेना भाइरस सङ्क्रमण तीव्र गतिमा बढिरहेकाे छ । दक्षिण सुडानमा तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ भने अहिलेसम्म ६ जनाकाे ज्यान गएकाे छ । 

दक्षिण सुडानमा काेराेना महामारी फैलिए परिणाम निकै खतरनाक हुने भन्दै चिन्ता व्यक्त गरिएकाे छ किनकि सुडानमा दशकदेखि चलिरहेकाे तनावका कारण स्वास्थ्य सेवाकाे अवस्था निकै नाजुक छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया