युवा व्यवसायीद्वारा उदयपुरका पत्रकारको 'कोरोना बीमा'

 जेठ ९, २०७७ शुक्रबार २१:२१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – उदयरपुर कटारी निवासी युवा व्यवसायी प्रयास कार्कीले उदयपुरमा क्रियाशील ५५ जना पत्रकारको कोरोना बीमा गरिदिनुभएको छ । 

उहाँले प्रदेश नम्बर १ मा कोरोनाको केन्द्रबिन्दु मानिएको उदयपुरमा अग्रपङ्क्तिमा रहेर काम गर्ने ५५ जना पत्रकारकाे कोरोना बीमा गराउनुभएको हो । 

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै फ्रण्टलाइनमा रहेर समाचार सम्प्रेषण गर्ने पत्रकारहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै उनीहरुको जीवनरक्षाका लागि आफूले बीमा गरिदिएकाे कार्कीले बताउनुभयो । 

उनीहरुको आईएमई जनरल इन्स्याेरेन्स कम्पनी प्रदेश १ इटहरी कार्यालयमार्फत बीमा गरिएको व्यवसायी कार्कीले बताउनुभयो । उहाँका अनुसार फ्रण्टलाइनमा रहेर काम गर्ने क्रममा बीमा गरिएका पत्रकारहरुलाई कोरोना पोजेटिभ देखिए पोजेटिभ देखिएको १४ दिनभित्र एक लाख रुपैयाँ उपलब्ध गराइने छ । 

पत्रकारहरुको सुरक्षाको लागि बीमा गरिदिने व्यवसायी कार्कीलाई जिल्लाका क्रियाशील पत्रकारहरुले धन्यवाद दिएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया