सेवा सुरु गर्न प्रदेश सरकारले धनकुटा जिल्ला अस्पतालमा पठायाे विशेषज्ञ टाेली

 जेठ १०, २०७७ शनिबार ११:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - धनकुटा जिल्ला अस्पतालमा सेवा सुरु गर्न प्रदेश सरकारले टोली पठाएको छ ।

प्रदेश एक सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना विशेषज्ञ सहितको टोली खटाएको हो । उनीहरुले भोलि आइतबारदेखि सेवा सुरु गर्नेछन् ।

आज र भोलि पनि निर्मलीकरण गरी र सेवा सुरु गर्ने तयारी भैरहेको जिल्ला अस्पताल धनकुटाका डाक्टर पुजन विश्वकर्माले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित भेटिएपछि धनकुटा अस्पताल गएको ४ गते सिल गरिएको थियो ।

जिल्ला अस्पतालका डाक्टर तथा कर्मचारी भने क्वरेन्टीनमा छन् । धनकुटामा ४ जना स्वास्थ्यकर्मी, एक जना स्वास्थ्यकर्मीका आफन्त र दुई जना प्रहरी जवान गरी ७ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितको अहिले कोरोना विशेष अस्पताल विराटनगरमा उपचार भैरहेको छ र उनीहरुको अवस्था सामान्य छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया