पर्साको नारायणी अस्पतालबाट ९ जना कोरोना सङ्क्रमित 'डिस्चार्ज'

 जेठ १०, २०७७ शनिबार १८:३०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पर्साको नारायणी अस्पतालबाट नाै जना कोरोना सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका ७१ जनामध्ये नाै जनालाई डिस्चार्ज गरिएकाे अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

पर्सा र रौतहटका तीन/तीन जना, बाराका दुई जना र एक जना भारतीय नागरिक डिस्चार्ज भएका हुन् । नारायणी अस्पतालमा अहिले ६२ जना सङ्क्रमित उपचाररत छन् भने नारायणी कोरोना अस्पताल गण्डकीमा पनि २५ उपचाररत छन् ।

याेसँगै नेपालमा काेराेना सङ्क्रमणलाई जित्नेकाे सङ्ख्या ७९ पुगेकाे छ । अहिलेसम्म सङ्क्रमितमध्ये तीन जनाकाे ज्यान गएकाे छ । शनिबार दिउँसाे थप ३६ जनाकाे काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या पाँच सय ८४ पुगेकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया