भारतीय ह्याकरद्वारा नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक, राखे भारतको झण्डा

 जेठ ११, २०७७ आइतबार १८:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय ह्याकरहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)  को वेबसाइट ह्याक गरेका छन् । आइतबार अपराह्न उनीहरुले क्यानको आधिकारिक साइट www.Caannepal.gov.np ह्याक गरेका छन् ।

उनीहरुले क्यानकाे साइटमा भारतीय झण्डा राखेका छन् । साइट ह्याक गर्नेले आफूलाई 'टिम आइक्रु' नाम दिएको छ । उनीहरुले ‘फिल द पावर अफ इण्डियन ह्याकर’ भन्ने सन्देश पनि छाडेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले आफूहरुले ह्याकबारे जानकारी पाएको र यसलाई मर्मतको लागि माथिल्लो निकायमा जानकारी गराएको बताउनुभयाे । ‘केन्द्रीय तहबाटै बनेको साइट भएकाले यो हेर्ने निकाय छुट्टै छ, हामीले जानकारी गराइसकेका छौँ ।’ पोख्रेलले भन्नुभयो ।

नेपालले नयाँ नक्सा जारी गरेपछि पछिल्लो केही दिनयता नेपाली र भारतीय ह्याकरबीच एक अर्काका देशका वेबसाइट ह्याक गर्ने क्रम बढेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Bhuwan Nath

    May 25, 2020, 2:12 a.m.

    They want to show us how they can easily invade our security nothing more on this

  •  0 Reply

तपाईको प्रतिक्रिया