मेक्सिकोमा १०१ यात्रु बोकेको विमान दुर्घटना

 साउन १६, २०७५ बुधबार ८:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् । 

विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए ।

बीबीसीका अनुसार विमानमा रहेका १०१ जनामध्ये ८५ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको पनि बीबीसीले उल्लेख गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उडेको ५ मिनेटमा नै विमान दुर्घटनामा परेको थियो । विमानमा रहेका यात्रुहरु हाइवेमा मद्दत मागिरहेका देखिएको थियो । 

विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना जानकारी दिएका छन् । 

एएम २४३१ कल साइन भएको उक्त विमान दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ जान लागेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया