पाकिस्तानी पूर्व स्पिनर सकलेन मुश्ताकलाई हाइ पर्फमेन्स केन्द्रको प्रशिक्षक बनाउने तयारी

 जेठ १२, २०७७ सोमबार ११:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पूर्व स्पिनर सकलेन मुश्ताकलाई लाहोरमा रहेको हाइ पर्फमेन्स केन्द्रको प्रशिक्षक बनाउने तयारी गरेको छ ।

पीसीबी स्रोतका अनुसार सकलेनलाई अन्तर्राष्ट्रिय खेलाडीका लागि हाइ पर्फमेन्स प्रशिक्षक बनाउने तयारी गरिएको हो । सकलेन चाँडै हाइ पर्फमेन्स सेन्टरसँग आद्ध हुने बताइएको छ ।

हालै उक्त केन्द्रको निर्देशकमा नदीम खानलाई नियुक्त गरेकाले पनि अब प्रशिक्षकमा सकलेनको नियुक्ति हुने बुझिएको छ । सकलेनले  इंग्ल्याड, वेस्ट इण्डिज र न्युजिल्याण्डको स्पिन बलर प्रशिक्षक तथा सल्लाहकार भएर काम गरिसकेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया