वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि, अन्तिम संस्कारपछि रिपोर्ट आयो

 जेठ १२, २०७७ सोमबार १२:२०:३४ | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्जमा उपचाररत व्यक्तिको निधन कोरोनाकै कारण भएको पुष्टि भएको छ ।

मेकिडल कलेज शिक्षण अस्पताल कोभिड रोग उपचारका प्रमुख डाक्टर असरफ अलीले ज्यान गुमाएका व्यक्तिको परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनु भएको हो ।

बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि गएको २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उहाँको कोरोना भाइरसको सङ्क्रमण परीक्षणकालागि स्वाब संकलन भएको थियो । तर रिपोर्ट आउनु अघि नै उहाँको ज्यान गएको थियो । ज्यान गुमाएका व्यक्तिको थारु परम्परा अनुसार अन्तिम संस्कार भइसकेको  छ ।

अन्तिम संस्कारपछि उहाँको रिपोर्ट आएको हो । उहाँको गएको ४ गते ज्यान गएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया