'काेराेनाबाट प्रभावित व्यवसायलाई सरकारले हेर्छ'

 जेठ १२, २०७७ सोमबार १८:३४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसकाे कारण थला परेका व्यापार व्यवसायलाई सरकारले हेर्ने बताउनुभएको छ ।

राष्ट्रकाे नाममा सम्बोधन गर्दै उहाँले कोरोनाकाे कारण प्रभावित व्यापार व्यवसाय र उद्यमलाई कर सहुलियत, शुल्क मिनाह, ब्याज सहुलियतलगायतका व्यवस्था गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओ‌लीले आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छिट्टै तयार गर्ने पनि जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया