सङ्घीय संसद्काे लाेगाेमा अद्यावधिक नक्सा राखियाे

 जेठ १३, २०७७ मंगलबार १३:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्घीय संसद्काे लाेगाेमा आजदेखि अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ । 

सरकारले भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नक्सा जारी गरेकाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको लोगो अद्यावधिक गरिएको हो। 

आइतबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद् र सांसदले प्रयोग गर्दै आएको लोगोलाई परिवर्तन गर्ने निर्णय गरेको थियो । 

समितिको बैठकले संसद्को रोस्ट्रमा राखिएको लोगो र सांसदले लगाउँदै आएको लोगो परिमार्जन गरी अद्यावधिक गर्न सभामुखलाई सिफारिस गर्दै निर्णय कार्यान्वयनका लागि तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएपछि लोगो परिवर्तन गरिएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया