थप ९० जनामा कोरोना पुष्टि, सङ्क्रमित पुगे ७७२

 जेठ १३, २०७७ मंगलबार १७:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा मङ्गलबार थप ९० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयाेगशाला रुपन्देही, सेती प्रयाेगशाला र पाेखरामा गरिएकाे परीक्षणमा ९० जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार मङ्गलबार सबैभन्दा धेरै कपिलवस्तुका २६ जनामा सङ्क्रमण देखिएकाे छ । त्यस्तै राैतहटका २२, सुर्खेतका १२, बाँकेका आठ, सिरहाका पाँच र बाराका तीन जनामा सङ्क्रमण देखिएकाे हाे । 

साथै महाेत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका दुई\दुई जनामा तथा धनुषा, रुपन्देही, कैलाली र अछामका एक/एक जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । अब नेपालका ४६ जिल्लामा सङ्क्रमण देखिएकाे छ । 

अहिलेसम्म काेराेना सङ्क्रमितमध्ये एक सय ५५ जना निकाे भएका छन् भने चार जनाकाे ज्यान गएकाे छ । 

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया