शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले कृष्ण सेन इच्छुकलगायत पत्रकारको हत्या र बेपत्ता बनाउने काममा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
महासङ्घका अध्यक्ष गोविन्द आचार्यले देशमा कृष्ण सेनलगायतकाे पत्रकारहरुकाे बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि उनीहरुकाे हत्या गर्ने तथा बेपत्ता बनाउनेहरुलाई कारबाही नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुलाई कारबाही गर्न माग गर्नुभएको हो ।
यसैबीच नेपाल पत्रकार महासङ्घले पत्रकार एवं साहित्यकार कृष्णसेन इच्छुकको १८ औँ स्मृति दिवसको अवसरमा महासङ्घको केन्द्रीय कार्यालय परिसरमा रहेको पत्रकार शहिद स्तम्भमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
गणतन्त्र र संविधान सभाका पक्षमा आवाज उठाउँदा सेनलाई २०५९ साल जेठ ६ गते प्रहरीले पक्राउ गरी प्रहरी र सेनाका हिरासतहरुमा कठोर यातना दिएर जेठ १३ गते हिरासतमै हत्या गरिएको थियो ।