कोरोना सङ्क्रमित गाउँपालिका अध्यक्ष भन्नुहुन्छ – 'एकान्तवासबाटै गाउँपालिका विकास गर्ने योजना बनाउँछु'

 जेठ १३, २०७७ मंगलबार १७:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । गाउँपालिकाको लेटर प्याडमा विज्ञप्ति निकालेर अध्यक्ष पोख्रेलले आफूलाई कोरोना लागेको र यसलाई लुकाउनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।

उहाँले आफू स्वाबको नमुना दिएपछि जिल्ला सदरमुकामभन्दा बाहिर नगएको तर आफ्नो सक्रियताका कारण गाउँपालिका नै कोरोनाको उच्च जोखिममा रहेको स्वीकार गर्दै उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ ।

आफ्नो अवस्था सामान्य रहेको र अब एकान्तवासमा बस्दा गाउँपालिकाको विकास र कोरोनाविरुद्ध लड्ने योजना बनाउने अध्यक्ष पोख्रेलको भनाइ छ ।

उहाँले सङ्क्रमणको जोखिमका कारण धुर्कोट गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पूर्णरुपमा बन्द हुने पनि जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया