परिवार नियोजनको स्थायी र अस्थायी साधन प्रयोग गर्ने घटे

 जेठ १३, २०७७ मंगलबार २०:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा परिवार नियोजनका साधन प्रयोगकर्ता घटेका छन् । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा प्रस्तुत गर्नुभएकाे आर्थिक सर्वेक्षणमा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्नेहरु घटेको देखिएको छ । 

गएको आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने नयाँ प्रयोगकर्ताको सङ्ख्या सात लाख ५३ हजार जना रहेकोमा यो आर्थिक वर्षको आठ महिनामा चार लाख ३१ हजार रहेका छन् । 

यस्तै गएको वर्ष परिवार नियोजनका स्थायी साधनका नयाँ प्रयोगकर्ता २६ हजार नाै सय ८७ जना रहेकोमा यो वर्षको आठ महिनामा जम्मा १४ हजार तीन सय १५ जना छन् । 

यस्तै गएको आर्थिक वर्षमा परिवार नियोजनका लगातार प्रयोगकर्ता १५ लाख तीन हजार रहेकोमा यो वर्षको आठ महिनामा त्यस्ता प्रयोगकर्ता सात लाख ७१ जना मात्रै रहेका छन् 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया