२ महिनामै झण्डै ६८ अर्ब रुपैयाँले घट्यो रेमिट्यान्स

 जेठ १४, २०७७ बुधबार ७:२१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको कारण नेपाल भित्रने रेमिट्यान्समा उल्लेख्य कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५-६६ को चैत र वैशाखमा भन्दा यो वर्षको चैत र वैशाखमा ६७ अर्ब ७० करोड रुपैयाँ कम रेमिट्यान्स भित्रिएको छ ।

चैत र वैशाखमा जम्मा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ, जब कि गएको वर्षको यिनै २ महिनामा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ भित्रिएको थियो । गएको आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यो वर्ष २० प्रतिशतभन्दा धेरैले कमी आउने विभिन्न अध्ययनले देखाएका छन् ।

यस्तै विदेशमा रहेका लाखौँ नेपाली बेरोजगार भएर फर्कने प्रक्षेपण पनि सार्वजनिक भएका छन् । यस्तै पर्यटन आयमा पनि ठूलो गिरावट आएको छ ।  गएको फागुन र चैतमा जम्मा ६ अर्ब ७० करोड रुपैयाँ मात्रै आम्दानी भएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया