कञ्चनपुर : क्वरेन्टीन व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु

 जेठ १४, २०७७ बुधबार ७:५७:५६ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरमा क्वरेन्टीन व्यवस्थापनमा खटिएका एक जना वडाध्यक्षको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको हो । वडा नम्बर ७ मा रहेको राष्ट्रिय माविमा क्वरेन्टीन व्यवस्थापनमा जुटेका बेला एक्कासी बेहोस भएपछि रानाकाे घटनास्थलमै मृत्यु भएको कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले जानकारी दिनुभयो ।

उहाँको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । रानाको शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । मृतकको कोरोना परीक्षण समेत गरिने नगर प्रमुख हमालले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया