बेसीशहर–चामे सडक सुचारु

 साउन १६, २०७५ बुधबार १२:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ –हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक सुचारु भएको छ । अविरल वर्षाका कारण सोमबार अवरुद्ध सडक स्थानीय र प्रहरीको सक्रियतामा मंगलबार बिहान पौने १२ बजेबाट सुचारु भएको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।  

स्थानीय सोमबहादुर तामाङका अनुसार मस्र्याङदी गाउँपालिका–४, च्याम्चे र छहराको बीचमा सोमबार खसेको पहिरोले सडक बगाए पछि बाटो अवरुद्ध भएकोे हो । उहाँका अनुसार सडक सुचारु भएसँगै सवारी आवात–जावत सहज भएको छ ।

बर्खाको समयमा लमजुङ र मनाङको सीमा म्यार्दीखोला बढ्दा सवारी आवजावतमा पनि समस्या पर्ने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया