संविधान संशोधनको कार्यसूची हट्यो, सर्वदलीय सहमति खोज्दै सरकार

 जेठ १४, २०७७ बुधबार १३:५५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद् सचिवालयले बुधबारको कार्यसूचीबाट संविधान संशोधनको विषय हटाइएको छ । कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले आज दिउँसो २ बजे बस्ने बैठकमा संविधान संशोधनको प्रस्ताव पेस गर्ने कार्यसूची रहेकोमा अन्तिम समयमा संसद् सचिवालयले त्यसलाई हटाएको छ ।

आजको कार्यसूचीमा संशोधनको कार्यसूची हटाइएको र दलीय सहमतिपछि फेरि अर्को बैठकमा प्रस्ताव दर्ता हुने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुटाउन पहल जारी राखेकाले सर्वसहमतिपछि फेरि प्रस्ताव दर्ता हुने नेकपाका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मङ्गलबार सर्वदलीय बैठक बोलाएर संविधान संशोधनमा सर्वसहमति जुटाउन आग्रह गर्नुभएको थियो । तर कांग्रेसले केन्द्रीय समितिले निर्णय गर्ने बताएको थियो भने जनता समाजवादी पार्टीले निशान छाप परिवर्तन गर्नको लागि संविधान संशोधन गर्दा आफ्ना माग पनि पूरा गर्न सचेत गराएकाे थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया