कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – प्रतिनिधिसभा बैठकले पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण कुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बैतडी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
२०४६ र २०६२ ÷ ६३ को ऐतिहासिक जन आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका लोकतान्त्रिक आन्दोलनका अथक योद्धा जोशी नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति समेत हुनुहुन्थ्यो ।
उहाँको ७३ वर्षको उमेरमा साउन १५ गते मंगलबार दिउसो २ बजेर ५० मिनेटमा बुढानिलकण्ठस्थित निवासमा निधन भएको थियो । प्रतिनिधिसभाले जोशीको निधनको शोकमा १ मिनेट मौनधारणा समेत गर्यो ।
अर्को बैठक भोलि बिहीबार दिउसो १ बजेका लागि बोलाइएको छ ।