रमेश परियार र रिमा आलेको नाचौँनाचौँ लाग्ने गीत : तीज आयो देशैंमा (भिडियोसहित)

 साउन १६, २०७५ बुधबार १४:३४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – लोकदोहोरी गायक रमेश परियार र गायिका रिमा आलेको नयाँ गीत ‘तीज आयो देशैमा....’ सार्वजनिक गरिएको छ ।

रमेश परियारकै लय/शब्दमा तयार पारिएको छमछमी नाचौँनाचौँ लाग्ने तीज गीतमा मोडल तथा गायक प्रकाश सपूत र मोडल सोना परियारले कम्मर मर्काएका छन् । उनीहरुलाई गीतमा नृत्य निर्देशक एकिन्द्र सारा शंकरले छमछमी नचाएका हुन् । 

गीतको छायांकन करण चैसिर र हरिष महाराले गरेका छन् । गीतको भिडियो सम्पादन भने अमर शाक्यले गरेका छन् । हिमसम्झौता डिजिटल प्रालिको दृश्य निर्माण रहेको गीतको उत्पादन/वितरण एसथ्रिके इन्रटेनमेन्ट प्रालिले गरेको हो ।

हिन्दु नारीको महान पर्व तीजको अवसरमा मौलिक पारामा प्रेम भाव समेटि तीज गीत तयार पारिएको गायक परियारले बताउनुभयो । युट्युबमार्फत सार्वजिनक गरिएको गीतप्रति धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया