८८ लाख लिएर कम्बोडियामा १९ जना अलपत्र पार्ने बस्नेत पक्राउ

 साउन १६, २०७५ बुधबार १४:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगारीका लागि पठाउने बहानामा विभिन्न १९ जनासँग ८८ लाख ३९ हजार रुपैयाँ ठग्ने झापाका २४ वर्षीय सुमन बस्नेत पक्राउ परेका छन् । 

मिकलाजुङ, पाँचथरका कुलबहादुर तामाङलगायत १९ जनासँग कम्बोडियामा एक लाख रुपैयाँ तलब हुने भन्दै बस्नेतल् ३ लाख ५० हजारदेखि ६ लाख रुपैयाँसम्म उठाएका थिए । 

बस्नेतले उनीहरुको पासपोर्टसमेत लिई काठमाडौंबाट बैंकक हुँदै कम्बोडियासम्म पुर्याई अलपत्र तामाङलगायतका १९ जनालाई अलपत्र पारेका थिए । 

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले बस्नेतलाई माछापोखरी, बालाजुबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जनाउनुभयो ।              


    

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया