गएको वर्षभन्दा २२ अर्बले बढ्यो स्वास्थ्य क्षेत्रकाे बजेट

 जेठ १५, २०७७ बिहिबार १९:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको वर्षमा भन्दा यो वर्ष स्वास्थ्य क्षेत्रमा भण्डै २२ अर्बले बजेट बढेको छ ।

यो वर्ष सरकारले स्वास्थ्य क्षेत्रको लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ६ अर्ब कोरोना सङ्क्रमण नियन्त्रणको लागि मात्रै विनियोजन गरिएको छ ।

गएको आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रकाे लागि ६८ अर्ब ७८ करोड विनियोजन गरेको थियो । 

नेपालमा पछिल्लाे समय काेराेना भाइरसकाे सङ्क्रमण फैलिने क्रम तीव्र हुँदै जाँदा सरकारले सम्पूर्ण स्वास्थ्य क्षेत्रमा बजेटकाे आकार बढाएकाे हाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया