अन्तर्राष्ट्रिय एकदिवसीय खेलका लागि नेपाललाई पुबुदुको शुभकामना, दास भए भावुक

 साउन १६, २०७५ बुधबार १४:५३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ । नेपाली क्रिकेटसँग सम्बन्धित तथा शुभचिन्तकहरुले नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।

यसैक्रममा पूर्व प्रशिक्षक पुबुदु दाशानायकेले नेपाली क्रिकेट टिम, प्रशिक्षण टिम र यो यात्रामा सहभागी हुने सबैलाई ट्वीटरमार्फत शुभकामना व्यक्ति गरेका छन् । नेपाललाई यस ऐतिहासिक सफलता दिलाउन उनको भूमिका निकै महत्वपूर्ण समेत थियो । प्रशिक्षक दाशानायकेले नेपाली क्रिकेटका लागि यो क्षण गौरवशाली भएको उल्लेख गरेका छन् ।

पूर्व कप्तान विनोद दासले ‘नेपाली टिमले टि–२० विश्वकप खेल्दा पनि यति भावुक भएको थिइन, जति आजको दिन भएको छु’ भनेर ट्वीट गरेका छन् । उनले थपेका छन्,  ‘सम्भवतः टि–२० विश्वकप खेल्ने सपना थिएन, तर नेपाल ओडीआई नेसन भएको हर्ने बाल्यकाल देखिको सपना थियो ।’
 

यस्तै क्यानकी पूर्व सीइओ भावना घिमिरेले सारा नेपालीलाई एक ढिक्का बनाउँदै सफलताको शिखर चुम्न लम्किएको नेपाली टिमको प्रशंसा गरेकी छिन् । नेपालले खेल्न लागेको पहिलो एकदिवसीय खेलको साक्षी बन्न पाउँदा गर्व लागेको उल्लेख गरेकी छिन् ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया