महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ - कवि तथा गीतकार रत्नशमशेर थापाको आज अन्त्येष्टि गरिँदैछ ।
उपचारका क्रममा बिहीबार निधन भएका थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टि अघि कलाकार संघका सदस्यहरुले उहाँले लेखेको गोरेटो त्यो गाउँको बोलको गीत गाएर उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको गीतकार सुवासचन्द्र ढुंगेलले जानकारी दिनुभयो ।
नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका थापाको ८३ वर्षको उमेरमा हिजो निधन भएको हो । २०१८ सालदेखि गीत लेख्न थालेका थापाका घुम्तीमा नआऊ है, ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो, फूलैफूलको मौसम तिमीलाई, जाग लम्क चम्क हे नौजवान हो, विछोडको पीडा नसकि खप्न, गोरेटो त्यो गाउँको, आफ्नै गाउँ फर्कि आएँ लगायतका दर्जैनौ गीत दर्जनौ गीत सदाबहार छन् ।
उहाँले उकाली आरोली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखो माया लगायत चलचित्रमा गीत लेख्नुभएको छ । रत्नशमशेर थापाले २०१८ सालमा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपालसँग मिलेर भारतको कोलकत्तामा ‘स्वर्गकी रानी’ बोलको गीत रेकर्ड गराउनुभएको थियो । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।