महानगर चेम्बरद्वारा अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

 जेठ १६, २०७७ शुक्रबार १६:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महानगर चेम्बरले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराइएको काठमाण्डौ महानगर चेम्बरका अध्यक्ष पंकजचन्द्र श्रेष्ठले बताउनुभयो ।

चेम्बरले पीपीई पाँच थान, गमबुट पाँच जोर, गमबुट कभर पाँच जोर, थर्मल गन दुई थान, सर्जिकल मास्क एक हजार थान, फेस सिल पाँच थान, सर्जिकल क्याप एक हजार थान, सर्जिकल ग्लोभ्स एक सय थान र एन ९५ मास्क दुई थान सहयोग उपलब्ध गराएको हो । 

मनमोहन मेमोरियल मेडिकल कलेजले ‘कोरोना भाइरस नियन्त्रण सहकारी केन्द्र’को रुपमा सेवा दिँदै आएको छ । 

अस्पतालले कोभिड–१९ सम्बन्धी ज्वरो क्लिनिक चलाइरहेको र अहिलेसम्म पीसीआर पोजेटिभ केस नभेटिएको अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया