भारतमा भन्दा नेपालमा सस्तो भएपछि इन्धन र सुनमा कर बढायौँ : मन्त्री खतिवडा

 जेठ १६, २०७७ शुक्रबार १८:३५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको भाउ धेरै नै सस्तो भएकाले भन्सार शुल्क बढाएकाे बताउनुभएको छ । 

अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भारतमा भन्दा नेपालमा सस्तो हुँदा चोरी बढेकाले भारतकै मूल्य नजिक पुर्‍याउन पेट्रोलियम पदार्थमा थप १० प्रतिशत भन्सार शुल्क लगाएको बताउनुभयो । 

‘नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य २० देखि २५ रुपैयाँले बढी छ । नेपालतर्फ इन्धन सस्तो हुँदा चोरी र अवैध व्यापार बढेको छ, यता गाडी लिएर तेल भरेर जाने चलन छ । त्यसैले भन्सार धेरै लगाइएको हो’, उहाँले भन्नुभयो । 

उहाँले भन्सार बढाएकैले अहिले मूल्य नबढ्ने पनि दाबी गर्नुभयो । ‘हामीले भन्सारमा १० प्रतिशत थप कर लगाउँदा पनि निगमको नाफा यथेष्ट हुन्छ, मूल्य बढ्दैन, उपभोक्तालाई कुनै शुल्क थोपर्दैनौँ । तत्कालको लागि मूल्य बढ्दैन’, उहाँले भन्नुभयो । 

उहाँले सुनचाँदीको मूल्य पनि नेपालमा भन्दा भारतमा कम भएकाले केही समान बनाउन १० ग्राम सुनमा थप दुई हजार भन्सार शुल्क थपिएको पनि दाबी गर्नुभयो ।
 
‘सुनचाँदीको मूल्य पनि सीमा वारिपारि हेरेर निर्धारण हुन्छ । अहिले भारतमा सुन चाँदीको भाउ महँगो छ । नेपालमा भन्सार बढाउँदा अब मूल्य केही नजिक भएको छ’, खतिवडाले भन्नुभयो  । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया