महँगा विद्युतीय गाडी आउन थालेपछि कर बढाइयो !

 जेठ १६, २०७७ शुक्रबार १८:५९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – सरकारले विद्यतीय गाडी आयात गर्दा भन्सारमा लाग्ने कर बढाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत ८० प्रतिशतसम्म भन्सार र अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

यसबारेमा शुक्रबार भएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री डाक्टर खतिवडाले निकै महँगा विद्युतीय गाडी भित्रन थालेकोले कर बढाइएको बताउनुभयो ।

‘हामीले पेट्रोलियम पदार्थ आयात गर्दा ठूलो रकम बाहिरियो भनेर विद्युतीय गाडी किन्न प्रोत्साहन गर्‍यौँ, आम सर्वसाधारणले विद्युतीय गाडी उपयोग गर्न पाउन भनेर नीति ल्यायौँ तर दुई वर्षको पेट्रोलियम पदार्थको आयात मूल्य बराबर नै विद्युतीय गाडीको आयात भएपछि हाम्रो नीति त विवेकपूर्ण नै भएन नि !’, खतिवडाले भन्नुभयो ।

अहिले पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा विद्युतीय गाडीको भन्सार केही सस्तो नै रहेको उहाँको दाबी छ । ‘विद्युतीय गाडीको भन्सार सस्तो होस् तर यति सस्तो पनि नहोस् कि अति महँगा विद्युतीय गाडी आयात गरेर फेरि व्यापार घाटालाई प्रतिकुल असर नपरोस् भनेर नै कर बढाइएको हो’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

2 Comments

  • Mohan Kumar Rai

    May 30, 2020, 6:22 a.m.

    दोधारे नीति भ​यो । जे भ​ए प​नि नेप​ल​को बिध्युत ख​प​त ब​ढ्ने थियो । ह​रित क्र​न्तिलाई थ​प टेवा पुग्ने थियो । ग​ल​त सोचाईको प​रिणाम ।

  •  0 Reply
  • Deepak Rai

    May 30, 2020, 6:20 a.m.

    अनि सवारी को किसिम र प्रयोजन पनि त बिचार गर्नु पर्ने होला नि, महाराजहरु ?! गरिब जनताका छोरोले जिविकोपार्जनको उदेश्यले आफ्नो आमाको नाखको बुलाकी सम्म धितो राखेर किन्नु पर्ने ३ पाङ्ग्रे विद्युतीय टेम्पूलाई पनि उहि कर, देश सेवा गरेर कमाएको अकूत सम्पत्ति तह लगाउन हम्मे हम्मे परेको बेला बल्ल तल्ल खर्च गर्ने निहुँ पाउँदा खरिद गरिने विलाशीको साधनलाई पनि उहि कर??

  •  0 Reply

तपाईको प्रतिक्रिया