मनसुनका लागि अनुकुल वातावरण बन्दै, बंगालबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा

 जेठ १७, २०७७ शनिबार ७:३८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

आज दिनभरी नै देशका धेरै ठाउँको मौमस सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र न्यूनचापीय रेखासँगै स्थानीय वायुको प्रभावका कारण मौसम बद्ली भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार आज मध्य, पूर्व र पश्चिमका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

यस्तै, मौसमविद्ले मनसुनका लागि अनुकूल वातावरण बन्दै गएको बताएका छन् । बंगालको खाडबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले विस्तारै मनसुनको लागि अनुकुल वातावरण बन्न थालेको मौसमविद् कँडेलले बताउनुभयो ।

मनसुन प्रवेशका लागि ९० प्रतिशत भूमिका बंगालको खाडीको हुने मौसमविद्को भनाई छ । यस्तै मनसुनका लागि  न्यून चापिय रेखा पनि सक्रिय रुपमा विकसित हुनु पर्छ । अहिले न्यूनचापीय रेखाको सामान्य प्रभाव परेको मौसमविद्ले बताए ।

अहिलेको अवस्थाले नेपालमा मनसुन भित्रिन केही ढिला हुने देखिएको छ । तर, न्यूनचापीय रेखालगायत प्रणाली छिट्टै विकसित भए जुन १० तारिखमा नै मनसुन भित्रन पनि सक्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया