विश्वमा कोरोना सङ्क्रमितको संख्या ६० लाख नाघ्यो

 जेठ १७, २०७७ शनिबार ८:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्म ६० लाख २६ हजा ९१ जनामा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

सङ्क्रमितमध्ये अहिलेसम्म साढे २६ लाखभन्दा धेरै निको भएका छन् भने ३ लाख ६६ हजार भन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा १७ लाख ९३ हजार ५ सय ३० जना सङ्क्रमित छन् । अमेरिकामा अहिलेसम्म १ लाख ४ हजार ५ सय ४२ जनाको ज्यान गएको छ ।

यस्तै सङ्क्रमित धेरै रहेका देशको सूचीको दोस्रो स्थानमा रहेको ब्राजिलमा ४  लाख ६८ हजार ३ सय ३८ जना सङ्क्रमित भएका छन् । त्यहाँ झण्डै २८ हजार जनाको ज्यान गएको छ । यस्तै रुसमा ३ लाख ८७ हजार ६ सय २३ सङ्क्रमतिमध्ये ४ हलार ३ सय ७४ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • जय बहादुर रोकाय

    May 30, 2020, 9:03 a.m.

    निको हुने साढे २६ लाख हो साढे २६ हजार हैन । अलीकती मिस्टेक भएछ समाचार ।

  •  0 Reply

तपाईको प्रतिक्रिया