एेतिहासिक एकदिवसीय क्रिकेट : तेस्राे विकेट सन्दीपकाे नाममा

 साउन १६, २०७५ बुधबार १६:१:० | उज्यालो सहकर्मी
unn.prixa.net

ऐतिहासिक एक दिवसीय क्रिकेट खेलिरहेको नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले १२.२ ओभरमा स्टेफन माइबर्गलाई आउट गरेका हुुन् । उनले ३२ बलमा ४ चौका र एक छक्कासहित २९ रन बनाएका छन् ।

यसैगरी पहिलो विकेट सोमपाल कामीले लिएका थिए । उनले डेनियल बाराकलाई आउट गरे । उनले १ रन मात्रै बनाएका थिए ।

नेदरल्याण्ड्सको स्कोर ५० रनहुँदा दोस्रो विकेट गुमाएको थियो । नेपालका कप्तान पारस खड्काले २० रन बनाएर क्रिजमा रहेका बेन कूपरलाई एलबीडब्लू आउट गरेका थिए ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया