विद्यार्थी बोकेको बस दुर्घटना, ४० जना घाइते

 बैशाख १९, २०७५ बुधबार १०:५:२५ | गोपाल गुरागाईं
unn.prixa.net

मकवानपुर, वैशाख १९ – बाराको चुरीयामाइमा बुधबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् ।

झापाबाट स्कुले विद्यार्थी बोकेर आएको मे १ ख २४२९ नम्बरको मकालु बसलाई ना ५ ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवापनुरका निमीत्त प्रहरी प्रमुख दिलीपराज झाले बताउनुभयो ।

नेल्टा झापाको एक्सेस कार्यक्रम अन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कुले विद्यार्थीहरु बिहान २ बजे दुर्घटनामा परेका हुन्। ४० जना घाईते मध्ये एक जनाको काठमाडौं, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया