कपिलवस्तुमा सङ्क्रमितकाे सङ्ख्या २६५ पुग्याे, शनिबारमात्रै ७७ जना थपिए

 जेठ १७, २०७७ शनिबार १६:५१:२४ | गोपाल भण्डारी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कपिलवस्तु – कपिलवस्तुमा शनिबार थप ७७ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

कृष्णनगर नगरपालिकाका १६ जना पुरुष, महाराजगञ्ज नगरपालिकाका ३३ जना पुरुष, यशोधरा गाउँपालिकाका २६ जना पुरुष र दुई जना महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयाे । 

नयाँ थप भएका ७७ जनासहित कपिलवस्तुमा कुल सङ्क्रमितकाे सङ्ख्या दुई सय सय ६५ पुगेकाे कोरोना फोकल पर्सन थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार  सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

जिल्लामा फेला पर्ने कोरोना सङ्क्रमितहरुलाई स्थानीय १० वटै पालिकाहरुले व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आग्रह गर्नुभएकाे छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया