फोनसमेत गर्न नदिइएकी भुमादेवीको १९ महिनापछि कुवेतबाट उद्धार

 साउन १६, २०७५ बुधबार १६:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कुवेतमा १९ महिनादेखि सम्पर्कविहीन भएकी रुपन्देहीकी भुमाकुमारी गैरे घर फर्किनुभएको छ । उहाँलाई कुवेतस्थित नेपाली दूतावास, लेबर कोर्ट लगायतले उद्धार गरेर नेपाल पठाएको परिवारले जनाएको छ । 

भुमाकुमारी कुमारी सम्पर्कविहीन भएको खबर उज्यालो अनलाइनमा प्रकाशित भएपछि उद्धार भएको भन्दै उहाँका छोराले धन्यवाद दिनुभएको छ । २०७३ असोजमा कुवेत पुगेर घरमा काम गर्छु भनेकी भुमाकुमारी त्यसपछि सम्पर्कविहीन हुनुभएको थियो ।

उहाँलाई काम थालेको केही समयपछि साहुले परिवारसँग सम्पर्क गर्न दिएको थिएन । भुमाकुमारीले आफ्नो ठेगाना सभा अल अहमद सि १ भनेको आधारमा दूतावासको पहलमा उहाँको उद्दार गरेर नेपाल फर्काइएको परिवारको भनाई छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया