लमजुङका खेलाडी भारत पुगेर खेले कराते : पाँच स्वर्ण र दुई रजत जिते

 साउन १६, २०७५ बुधबार १८:१९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – अन्तर्राष्ट्रिय करातेमा लमजुङका खेलाडीले ९ पदक जितेका छन् ।

भारतको राजस्थान, जयपुरमा भएको तेश्रो आईएमएस इन्टरनेसनल कराते च्याम्पियनसिप–२०१८, मा सहभागी भएका लमजुङका कराते खेलाडीले ९ पदक जितेका हुन् । च्याम्पियनसिपमा लमजुङका पाँच खेलाडीले स्वर्ण, २ जना खेलाडीले रजत र २ जना खेलाडीले कास्य पदक जितेका हुन् ।

प्रेमबहादुर गुरुङ, कबिन गुरुङ, लाप्साङ तामाङ, सुनिल घले र विकास गुरुङले स्वर्ण पदक जितेका हुन् । प्रियन्स परियार र बिक्रम घलेले रजत पदक जितेका छन् । सलिना सुनार र सरस्वती गुरुङले कास्य पदक हात पारेका छन् । उनीहरुले आ–आफ्नो तौल, उमेर समूहमा कराते खेली विभिन्न पदक हात पारेका हुन् ।    

च्याम्पियनसिपमा भाग लिन लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको मस्र्याङ्दी डोजो करातेका ९ जना खेलाडी भारत पुगेका थिए । मर्स्याङ्दी डोजो करातेका प्रशिक्षक एवम् खेलाडी प्रेमबहादुर गुरुङका अनुसार भारतीय मार्सल आर्ट जयपुरको आयोजनामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश, इरान लगायतका ११ राष्ट्रका गरी झण्डै ४ सय जना खेलाडीले सहभागिता जनाएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया