लोक सेवाको अन्तर्वार्तामा कोरोना परीक्षण रिपोर्ट अनिवार्य

 जेठ २०, २०७७ मंगलबार १६:१९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लोक सेवा आयोगले विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीको अन्तवार्तामा सहभागी हुन कोरोना भाइरसको पीसीआर विधिमार्फत गरिएको परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ ।

आयोगले सूचना निकालेर विभिन्न सेवाका राजपत्राङ्कि‍त प्रथम श्रेणी, सहसचिव वा त्यो सरह (अप्राविधिक/प्राविधिक) विभिन्न पदका लागि अन्तर्वार्ता दिन पीसीआरमार्फत परीक्षणको सक्कल रिपोर्ट अनिवार्य बुझाउन भनेको हो ।

लकडाउनकाे बेला काम विशेषले काठमाण्डाै उपत्यकाबाहिर गएका वा उपत्यकाबाहिर कार्यरत उम्मेदवारले अन्तारवार्ता अगावै आफ्नो स्वास्थ्यको परीक्षण रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन आग्रह गरिएको छ ।

आयोगको सूचनामा स्वास्थ्य परीक्षणमा कुनै अप्ठ्यारो भए आयोगले सहजीकरणसमेत गरिदिने उल्लेख गरिएको छ । लोक सेवा आयोगले असार २ गतेदेखि विभिन्न समूहको सहसचिव पदकाे लागि अन्तर्वाता लिँदै छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया