कोरोना सङ्क्रमित थप ४५ जना डिस्चार्ज, निको हुनेको सङ्ख्या २६६

 जेठ २०, २०७७ मंगलबार १७:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काेराेना भाइरसबाट सङ्क्रमित भएका थप ४५ जना मङ्गलबार उपचारपछि निकाे भएका छन् ।  

काठमाण्डौको महाराजगञ्जबाट मकवानपुरका एक जना, गुल्मी अस्पतालबाट एक जना र रुपन्देहीकाे भीम अस्पतालबाट २५ जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । रुपन्देहीका १६ जना र कपिलवस्तुका नाै जना डिस्चार्ज भएका हुन् ।

यस्तै धरानका १८ जना डिस्चार्ज भएका छन्, जसमा सुनसरीका एक र झापाका १७ जना छन् । 

योसँगै अहिलेसम्म दुई सय ६६ जना उपचारपछि निको भएका छन् । दुई सय १२ जना पुरुष र ५४ जना महिला उपचारपछि निको भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया