९ महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु हुन्छ : मन्त्री अधिकारी

 साउन १६, २०७५ बुधबार १८:४१:३६ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले नौ महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नौं महिनाभित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने घोषणा गर्नु भएको हो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी पनि दिनुभयो । मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेबाटै आन्तरिक उडान सुरु गर्ने तयारी पनि भइरहेको बताउनु भयो ।

मन्त्री अधिकारीले लुम्बिनीमा बुद्ध सर्किट निर्माण गर्न भारत सरकारसँग सहमति गरिएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया