वैदेशिक प्रशिक्षणका लागि ट्रायथलन टोली थाइल्याण्डतर्फ

 साउन १६, २०७५ बुधबार १८:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – इण्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली ट्रायथलन टिम थाइल्याण्ड प्रस्तान गरेको छ ।

सातदोबाटो स्थित नेपाल ओलम्पिक कमिटीमा आयोजित कार्यक्रममा चार खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापकसहित ६ जनाको टोलीलाई बिदाई गरिएको छ ।

उनीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ लगायतले बिदाइ गरेका हुन् । 

नेपाली टोलीमा रोजा केसी, सोनी गुरुङ, बसन्त थारु र दिपेश चौधरी छन् । प्रशिक्षकमा पुष्परत्न बज्राचार्य र व्यवस्थापकमा युवारज सुनवार छन् ।

एसियन गेम्सका लागि नेपाली खेलाडीले २० दिन थाइल्याण्डको फुकेटमा प्रशिक्षण लिनेछन् । त्यहाँबाट सोझै उनीहरु इन्डोनेसिया प्रस्तान गर्नेछन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया