विश्वभर तीस लाखभन्दा धेरै सङ्क्रमितले कोरोना जिते

 जेठ २१, २०७७ बुधबार १०:४१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  संसारका ३० लाख भन्दा धेरै मानिसले कोरोनालाई जितेका छन् ।

कोरोनाविरुद्धको औषधि पत्ता लागिनसकेको बेला पनि उनीहरुले कोरोनालाई जितेर स्वास्थ्य लाभ गरेका हुन् । वर्ल्डओमिटरका अनुसार बिश्वका दुइ सय १३ देशका ६४ लाख ५२ हजार भन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण भएकोमा ३० लाख ६६ हजार भन्दा धेरै मानिसले कोरोनालाई जितेर निको भएका छन् ।

सङ्क्रमित मध्ये ३ लाख ८२ हजार पाँच सय भन्दा धेरैको ज्यान गएको छ ।

कोरोनाको सङ्क्रमण भएका देशमध्ये विभिन्न १४ देशका शत प्रतिशत सङ्क्रमितले कोरोना जितेर निको भएका छन् । सबैले कोरोना जित्ने देशहरुमध्ये सबैभन्दा धेरै फेरो आइसल्याण्डमा एक सय ८७ जना सङ्क्रमित थिए । 

सङ्क्रमण धेरै फैलिएका देशहरु मध्ये सङ्क्रमितको तुलनामा कोरोनालाई जित्ने दर चीनमा सबैभन्दा राम्रो छ । चीनमा ८३ हजार २१ जनामा सङ्क्रमण भएकोमा ७८ हजार तीन सय १४ जनाले कोरोना जितेका छन् । यस्तै अर्को छिमेकी देश भारतमा पनि कोरोनालाई जित्नेको दर राम्रो छ ।

भारतमा २ लाख ७ हजार ६ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा १लाख ३ सय भन्दा धेरैले कोरोना जितेका छन् । 

कोरोनाबारेमा अध्ययन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयले ८० प्रतिशत भन्दा धेरै मानिसमा कोरोनाको सामान्य लक्षण पनि नदेखिने बताएको छ । यसबाट धेरै सङ्क्रमित पहिचान नै भएका छैनन् र उनीहरुलाई समेत जोड्दा कोरोनामाथि विजय पाउने मानिसको संख्या धेरै हुने विश्वविद्यालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया